Saturday, April 20
Shadow

Tag: नेपाल टेलिकम

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
काठमाडौं, चैत १० । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्घ छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्घ भएको हो । महाबुमा रहेको टावर मार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए । तत्कालका सेवा सञ्चालन गर्न काठमाडौँबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिल...