Friday, March 29
Shadow

Tag: नेपाल-खनाल पक्ष

सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ५ । नेकपा (एमाले) को नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको बताउदै उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । भेलाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको नेपाल(खनाल पक्षको भेलाको निष्कर्ष रहेको छ । ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनस्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत...
नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज  ?

नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज ?

ब्यानर समाचार 2, मनोरञ्जन, मुख्य समाचार, राजनिती
काठमाडौँ , चैत ४ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु भएको छ । भेलामा देशका ७७ वटै जिल्लाबाट ४ हजारभन्दा बढी कार्यकर्ता सहभागी भएको नेपाल-खनाल पक्षले जानकारी दिएकोछ । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । पार्टीका पूर्वअध्यक्ष तथा बरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृ...