Thursday, April 25
Shadow

Tag: नेता पौडेल

वैशाखमा निर्वाचन हुँदैन, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ”: नेता पौडेल

वैशाखमा निर्वाचन हुँदैन, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ”: नेता पौडेल

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने औंल्याएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दावी गरेका हुन । पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए ।उनले भने, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो ।“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसदमा कुनै अवरोध नभएको र पार्टीमा भएको झगड...
नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । जनताको थलो प्रतिनिधि सभा भङ्ग गरेर ओलीले देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाइ अफ्गानिस्तानजस्तो बनाउन लागेको उनको आरोप छ । प्रतिनिधि सभा भङ्ग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप उनले लगाए । साथै उनले ओलीमा चुनाव गराउने मनसाय नभएको र देशलाई निरंकुशतातर्फ सरकार अगाडि बढाउँदै आफू शासक बन्नका खोजेको बताए ।  ...
कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन :  नेता पौडेल

कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन : नेता पौडेल

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानवाद र लोकतन्त्र उपर प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नरहेको बताएका छन् । शनिबार साँझ एक वक्तव्य जारी गर्दै नेता पौडेलले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताए । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो, विज्ञप्तिमा भनिएको छ । कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गरेको पौडेलको भनाइ छ । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गरेको थिए । पौ...