निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई जरिवाना
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।
उहाँहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही रु पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्नुहुन्छ । त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चाय र उपप्र...