Friday, March 29
Shadow

Tag: निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने : पूर्व उपप्रधानमन्त्री सिंह

निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने :  पूर्व उपप्रधानमन्त्री सिंह

निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने : पूर्व उपप्रधानमन्त्री सिंह

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका उहाँले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । “संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,”– नेता सिंहले भन्नुभयो । आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उहाँले मतदातालाई आग्रह गर्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन् यी सबैको लेखाजोखा गरेर नि...