Friday, April 26
Shadow

Tag: नागरिकता

कर्मचारी अभावका कारण नागरिकता एवं राहदानी वितरण स्थगित

कर्मचारी अभावका कारण नागरिकता एवं राहदानी वितरण स्थगित

निर्वाचन विशेष, ब्यानर समाचार 2
कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा आजदेखि आगामी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ । निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अह्रोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं ...
अशक्त, असहाय, अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

अशक्त, असहाय, अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

ब्यानर समाचार 2, राजनिती
काठमाडौँ - जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ । नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो । लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका–३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । “वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ, उहाँले भन्नुभयो, “यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गरौँ। यसअघि गत भदौ ८ गते सोही नगरपालिका–८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि प्यारालाइसिस भएर नागरिकता पाउन नसकेका जोशीलाई सहायक प्रजिअ साउदको टोलीले नागरिकता दिएको हो । जिल...