Saturday, April 20
Shadow

Tag: नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी र सुशीला श्रीपालीले संस्कृति पर्यटन राज्यमन्त्रीको शपथ लिएकी छन् । यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् । यस्तै राप्रपाबा...