Sunday, May 19
Shadow

Tag: धनगढी उपमहानगरपालिका

अवैध संरचना हटाउने अभियानमा थुप्रै नगरपालिका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले  पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि त्यसको तरङ्ग देशका अन्य भागमा पनि फैलिएको छ। काठमाण्डू उपत्यकाभित्रकै ठीमी नगरपालिकाले मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मापदण्डविपरीत बनाइएका संरचना तथा बाटोमा बाधा पुग्नेगरी थुपारिएका निर्माण सामग्री तथा व्यापार व्यवसाय हटाउन ३५ दिने चेतावनी जारी गरेको छ। पोखरा महानगरपालिकाले सोमवार प्रकाशित एक सूचनामार्फत् पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराएर पछि ती भूमिगत तल्ला अन्य प्रयोजनमा लगाएका संरचना खाली गराई पार्किङमै लगाउन ३५ दिने चेतावनी दिएको छ। धनगढी उपमहानगरपालिकाले चाहिँ भदौ ११ गते शुक्रवार नै सूचना जारी गरेको थियो। उसले खोलानाला अतिक्रमण गरी बनाइएका घर, टहरा, गोठजस्ता संरचना असोज १५ गतेसम्म हटाइसक्ने चेतावनी दिएको छ। जिल्ल...