दसैंको टीका र झांग्ज़ुंग सभ्यता
बुद्ध जन्मनु (५०० ई.पु अगाडि) गंगा मैदान उत्तर भारतमा बस्ने समुदायको एउटा संस्कृति उदाई रहेकोे बेला काठमाडौ उपत्यकामा किराँतकाल रहेकोे थियो भन्ने विभिन्न वंशावली बाट अनुमान् मात्रै गर्न सक्छौं लेख्य प्रमाण पाइएको छैन, किनभने लिच्छविकाल त ई सा को चौथो शताब्दी बाट मात्र सुरु हुन्छ, त्यसपछि मात्रै लेखिएको शिलालेख पाइएको छ ।
ई.पु ५०० वर्ष अगाडि नेपालको उच्च हिमालय भूखण्ड बोन साम्राज्य अन्तर्गत पर्दथियो। त्यतिबेला आजको तिब्बत भन्दा अलग्गै अस्तित्व बोकेर बनेको यो बोन साम्राज्य मानव विकासको चरणमा धातु युग पछी कृषि युगको सुरुवाती संगै आरम्भ भएको "बोन" सभ्यता भन्ने मान्छन् इतिहासविदहरु।
यो बोन साम्राज्य आजको तिब्बतको दक्षिण पश्चिम् भाग नेपालको मध्ये भाग देखि उच्च पहाडी हिमालय देखि पश्चिम् तर्फ बढेर भारतको उत्तर खंड हिमाञ्चल प्रदेश जम्मु कास्मिर लेह लद्दाख हुँदै उत्तरमा कासगर सम्म बिशा...