Friday, April 26
Shadow

Tag: दशैँका लागि च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

दशैँका लागि च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

दशैँका लागि च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

ब्यानर समाचार 2
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दशैँअघि नै उक्त क्षेत्रम...