Saturday, May 18
Shadow

Tag: त्रिशूली देवीे मन्दिर

दशैँको १० दिन मात्रै  खुला रहने त्रिशूली देवी मन्दिर आजदेखि  खोलियो

दशैँको १० दिन मात्रै खुला रहने त्रिशूली देवी मन्दिर आजदेखि खोलियो

ब्यानर समाचार 2
बडादशैँको घटस्थापनासँगै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीे मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केबल दशैँको १० दिन मात्रै यो मन्दिर खुला रहने गर्छ । घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा, अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।  यहाँको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । दशैँमा पुजारीले उनको १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दसैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा ...