Thursday, April 25
Shadow

Tag: तिल

यस्ता छन् जाडोमा तिल खानुका फाइदा

यस्ता छन् जाडोमा तिल खानुका फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । जाडोमा तिल खाँदा स्वास्थ्यलाई अनेकौं फाइदा हुन्छन् । तिलमा भएको पोली स्याचुरेटेड फ्याट्टी एसिड, ओमेगा–६ फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस जस्ता तत्त्वले शरीरलाई निकै फाइदा गर्छ । तिलमा हुने मोनोस्याचुरेटेड फ्याट्टी एसिडले शरीरमा कोलेस्ट्रोल स्तर कम गर्छ । मुटुरोग ठीक पार्न पनि यो लाभदायक छ । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ । तिलमा भएको क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमले मुटुका मांपपेशीहरूलाई काम गर्न सहायता गर्छन् । जाडोमा तिल खाँदा हाडको समस्या हुँदैन । दिनको एक चम्चा खायो भने दाँत बलियो हुन्छ । यसमा फाइबर र एन्टीअक्सिडेन्टको स्तर उच्च हुनाले खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ । तिलमा भएको एन्टीअक्सिडेन्टले क्यान्सर कोशिका बढ्नबाट रोक्छ । तिलमा पाइने लिपोफोलिक एन्टीअक्सिडेन्टले दिमागलाई बूढो हुन दिँदैन । दिनदिनै ति वा तिलबाट बनेका कुरा...