Friday, April 26
Shadow

Tag: डा. दिलनाथ दंगाल

नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याए : डा. दिलनाथ दंगाल

नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याए : डा. दिलनाथ दंगाल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, सेयर मार्केट
अर्थशास्त्री डा.दिलनाथ दंगालले देशमा अर्थतन्त्र सुधारको संकेत मिलेको बताएका छन्। अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहे पनि सकारात्मक आशा पलाएको उनले बताए। दंगालले नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याएको बताए। रेमिट्यान्स बढ्नु, विदेशी मुद्राको सञ्चिती बढ्नु र पर्यटकको चहलपहलले अर्थतन्त्र सुधारको आशा जगाएको डा दंगालको भनाइ छ। ४२ प्रतिशतसम्मको अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्नु, मूल्य बृद्धि रोक्नु, उत्पादन बढाउनु अहिलेका अर्थमन्त्री विष्णु पौडेलका जिम्मेवारी रहेको उनले बताए। यसका लागि अर्थमन्त्रीले विज्ञ सल्लाहकारको टिम बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। यो काम चुनौतीपूर्ण रहेको उनले बताए। कृषि र पर्यटनलाई प्राथमिकता राखेर काम गर्न सके बाध्यकारी रोजगारीमा जाने युवाको संख्या घट्ने उनको ठहर छ।...