Friday, April 26
Shadow

Tag: टिकटक

टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष ६ दाङका एक युवकले स्टन्ट गरेर टिकटक बनाउँदा उनको मृत्यु भएको छ । उनी केही दिनअघि झोलुङ्गे पुलबाट खसेका थिए । दाङ तुलसीपुर १९ का २४ वर्षका रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । उनको सोमबार विहान साढे ७ बजे मृत्यु भएको हो । शनिबार दिउँसो उनी पुरन्धारा नजिकै बबई नदीको झोलुङ्गे पुलमा स्टन्ट गरेर टिकटक बनाउँदै थिए । त्यसपछि उनी गम्भीर घाइते भएका थिए । उनी झोलुङ्गे पुलको तारमा झुन्डिएर टिकटक बनाउँदा झन्डै २० मिटर तल बगरमा खसेका थिए ।...
प्रधानमन्त्री ओली अब टिकटकमा पनि

प्रधानमन्त्री ओली अब टिकटकमा पनि

ब्यानर समाचार, मनोरञ्जन, राजनिती, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १५ प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने। हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्। https://www.tiktok.com/@kpsharmaoli_official?referer_url=https%3A%2F%2Fpahilopost.com%2F&referer_video_id=6900199854916603137  ...