Thursday, March 28
Shadow

Tag: झोलुङ्गे पुल

कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल

ब्यानर समाचार 2, समाचार
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित अविरल वर्षापछि आएको बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ   ।  तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरि  सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । बाढीले पुल बगाएपछि त्यहाँको स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीले नदी किनारका बस्तीमा समेत क्षति  पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुहरू पनि  बगाएको छ ।   बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् । ...