Friday, March 29
Shadow

Tag: जुम्ला

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक सङ्घीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर ...