Friday, March 29
Shadow

Tag: जिप दुर्घटना

बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।...
गुल्मीमा जिप दुर्घटना , तीन जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना , तीन जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागनु ५ । गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।...