Tuesday, March 19
Shadow

Tag: जाडो छल्न बेसी झर्न थाले मनाङवासी

जाडो छल्न बेसी झर्न थाले मनाङवासी

जाडो छल्न बेसी झर्न थाले मनाङवासी

ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेसी झर्न थालेका छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौँ, पोखरालगायतका स्थानमा जाडो छल्न गएका प्रमख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङवासी जाडोमा हिउँ पर्ने हुँदा चिसोको समस्या टार्न जिल्ला बाहिर जाने गर्दछन्”, उहाँले भन्नुभयो, “यस पटक निर्वाचनले गर्दा अलि ढिला गरी मनाङवासी बेसी झरेका छन् ।” कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेसी जाने समय हो । तर यस पटक निर्वाचन सकिएपछि झरेका प्रजिअ आचार्यले बताउनुभयो । “हिउँ पर्ने समय भएको छ । चिसो खानेपानी जम्ने गर्दछ । यसले गर्दा पनि बाहिर जान उहाँहरुको बाध्यता हो”, उहाँले भन्नुभयो । मनाङवासी करिब चार महिनाका लागि जिल्ला बाहिर जाडो छल्न जाने गरेको आचार्य बताउनुहुन्छ । “खाद्यान्न ढुवानी गर्न, खानेपानी जम्ने भएकाले पनि मनाङवासी बाहिर जान बाध्य हुन्छन्”, उहाँ भन...