Saturday, May 2
Shadow

Tag: चीन-ताइवान

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवानतर्फ अघि बढ्दै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ। अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमण पछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो। सो भ्रमणको विरोधमा चीनले त्यस क्षेत्रमा सैन्य अभ्यास गरेको थियो। उक्त जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आवतजावत गर्ने गरेका छन्। वासिङ्टनले ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकार प्रयोग गर्दैछन्। बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ, ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ।आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ। रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै...