Saturday, April 20
Shadow

Tag: चालक अनुमतिपत्र

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २६। नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत् परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फाराम भरिरहेका छन्। गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा। लोकनाथ भुषालले बताए। उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो। निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकैपटक भीड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन्। अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा. भुषालले जानकारी दिए।...
चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

टिप्स, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर १७ काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए । सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् । सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनले बताए । उनले भने, ‘अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।’ सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय...