Friday, March 29
Shadow

Tag: घर बगायो अहिले झुपडीको वास

घर बगायो अहिले झुपडीको वास

घर बगायो अहिले झुपडीको वास

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो । उहाँ त्यस्ता सिरोटो खप्ने बानी नै परिसक्नुभएको छ । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उहाँले भन्नुभयो, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उहाँले त्यो छाप्रोमा १६ वर्ष बिताइसक्नुभएको छ । जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उहाँले बताउनुभयो । “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उहाँले भन्नुभयो, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।” उह...