Thursday, April 18
Shadow

Tag: गृह मन्त्रालय

गृह मन्त्रालयले भन्यो- भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन

गृह मन्त्रालयले भन्यो- भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २९ । गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिसासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिसामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस विषयमा कुनै निर्णय नभएको जनाएको हो । नेपाली महिला कतिपय मुलुकमा पर्यटक भिसामा जाँदा हुनसक्ने सुरक्षालगायतका जोखिमलाई विचार गरी त्यस्ता मुलुकमा हुने भ्रमणलाई सुरक्षित तथा सहज बनाउने तथा पर्यटक भिषाको दुरुपयोग हुन नदिने सम्बन्धमा छलफल भइरहेको तर स्थानीय तहको सिफारिस अनिवार्य हुनेगरी कुनै पनि छलफल नभएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच अध्यागमन विभागले पनि आज एक विज्ञप्ति जारी गरी त्यस विषयमा ध...
गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालयले भन्यो- हड्ताल गर्नेलाई कारबाही गर्छौँ, यातायात, व्यवसाय सञ्चालन गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमत हड्ताल घोषणा गरेको छ। तर, गृह मन्त्रालयले भने सो दिन निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्ने बताएको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै हड्ताल गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको हो। ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ। ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह ...
अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्नेछ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले कायविधि गोप्य राखेको छ । व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आकलन छ । ‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा केही हेरफेर भएको छ,’ गृह मन्त्रालयका प्रव...
चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २७ । गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्ल...