Friday, March 29
Shadow

Tag: कोरोनाको खोप

प्रधानमन्त्रीले लगाए कोरोनाको खोप

प्रधानमन्त्रीले लगाए कोरोनाको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४ । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री कोस्टाले फाइजररबायोएनटेकको खोप लगाएका हुन् । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो । प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरिन् । त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ । स्वास्थ्यमन...
कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने !

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं , माघ २९ । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिन पछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो । खोपको दोश्रो डोज लिएको १४ दिनमा बल्ल पूर्ण रुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिएको हो । यसको मतलब उसले अन्य सुरक्षा सावधानी अपनाउनु नपर्ने भने होइन । तर कतै संक्रमितको सम्पर्कमा आउने वित्तिकै क्वारेन्टिन मै बसिहाल्न भने जरुरी नरहेको केन्द्रको पछिल्लो निर्देशिकामा जनाइएको छ । खोपले कहिलेसम्म जोगाउँछ भन्ने अझै स्पष्ट नभैसकेकाले खोप पूरा गरेको ३ महिना पुगेकाहरुले भने संक्रमितको सम्पर्कमा आए फेरि क्वारेन्टि...
भारतमा कोरोनाको खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

भारतमा कोरोनाको खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाडौं,पुस २९ । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मंगलबार जानकारी दिएका हुन् । भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ । भारतले अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ । भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए । भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोना भाइरसविरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् । ...
भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २५ । भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाइने भएको छ ।शनिबार कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बैठकपछि सो निर्णय लिइएको हो । भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ । खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ । जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० बर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६०) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहि...