Thursday, March 28
Shadow

Tag: कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

कुनै पनि  दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

निर्वाचन विशेष, ब्यानर समाचार 2
जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईं द्वारा आज जारी विज्ञप्तिमार्फत भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेको छ । “हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ ।” समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वा...