Friday, March 29
Shadow

Tag: किसान

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित

कृर्षि, ब्यानर समाचार 2
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिए पछि किसानहरू चिन्तित भएका छन्  ।  जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी ...
कागतीखेती : थोरै लगानीमा  धेरै आम्दानी

कागतीखेती : थोरै लगानीमा धेरै आम्दानी

कृर्षि, ब्यानर समाचार 2
त्रिवेणी, ३१ भदौ : थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।” उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किस...
कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृषिका सहुलियत र अनुदानका कार्यक्रममा सीमितको पहुँच

कृर्षि, ब्यानर समाचार 2, समाचार
सुदूरपश्चिम, ३१ भदौ ९  : कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानका कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट बञ्चित भइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नीति तथा कार्यक्रम कार्यान्वयन तथा समन्वय गर्न धनगढीमा बिहीबार आयोजित छलफलमा सहभागी कृषक प्रतिनिधिले टाठाबाठाले मात्रै कृषिसम्बन्धी अनुदान र सहुलियत पाएकाले वास्तविक र साना किसान बञ्चित भइरहेको गुनासो गरेका छन् । “टाठाबाठाले मात्र अनुदान तथा सहुलियत पाए तर वास्तविक किसानले पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “कागजी प्रक्रिया सबै मिलाउने तर फिल्डमा हेर्दा तोकिएको मापदण्ड पूरा नगर्नेले पनि सहुलयित पाइरहेका छन् ।” कतिपय कार्यक्रममा दोहोरोपना देखिँदा यसको फाइदासमेत टाठाबाँठा किसानले लिइरहेको पनि कृषकको भनाइ थियो । वास्तविक र खासगरी साना किसानमा जागरुकताको कमी हुँदा प...