Friday, April 26
Shadow

Tag: काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ । क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७...