Friday, March 29
Shadow

Tag: कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा

कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा , रवि लामिछानेलाई चाहिँ छुट !

कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा , रवि लामिछानेलाई चाहिँ छुट !

ब्यानर समाचार 2, समाचार
कोभिडको बेला घर र मावली आवतजावतमा सहजताको निम्ति आमा बाबुले बनाइदिएको पासपोर्टसहित उड्न लागेका अढाई वर्षीय नेपाली बालकलाई अफलोड गरेर विमानस्थलबाट घर फर्काइएको छ । ९ गते शुक्रवार राति क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै फिलिपिन्स जान लागेका ती बालकलाई अध्यागमनले कारबाहीस्वरूप डेढ लाख जरिवाना र नेपाली राहदानी (11810452) जफतको कठोर सजायँसमेत दिएको छ । कोभिड घट्दै गएको बेला नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका फिलिपिनो राजदूत रामोन एस.बागात्सिङ जुनियरले आफ्ना नागरिकसँग भेटघाटको क्रममा तिनका अनेक समस्या सुनिसकेपछि पछिलाई सजिलो होस् भनेर ती बालककोसमेत ३१ मे २०२२ मा राहदानी (POC319279C) बनाइदिएका थिए । उनीसँग जन्मेको ८ महिनामै लिएको (9 जनवरी 2020) नेपाली राहदानी पनि थियो । पोहोर हजुरबा बितेका र अहिले सानीआमा पनि ब्रेस्ट क्यान्सरको कारण अन्तिम अवस्थामा पुगेको हुँदा गत हप्ता आमासँगै मावली जान लागे...