Thursday, March 28
Shadow

Tag: कतार

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस २१ । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छ...
कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, मंसिर २४ कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् । उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने- ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।...