कञ्चनपुरमा बाढीले बगायो झोलुङ्गे पुल
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ स्थित अविरल वर्षापछि आएको बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ । तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरि सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।
बाढीले पुल बगाएपछि त्यहाँको स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ ।
नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीले नदी किनारका बस्तीमा समेत क्षति पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुहरू पनि बगाएको छ ।
बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् ।
...