Wednesday, May 15
Shadow

Tag: एक्लै स्याहार्ने ३५ सन्तानकी आमा

एक्लै स्याहार्ने ३५ सन्तानकी आमा

ब्यानर समाचार 2
मेलम्ची, २३ भदौ : एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुनुहुन्छ । उहाँले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आउनुभएको छ । विसं २०७२ को भूकम्पपछि बालगृहको सुरुआत भएको हो । भूकम्पमा परी ज्यान गुमाउने अभिभावकका बालबालिकाबाट बालगृह सुरुआत गरिएको थियो । अमेरिका बस्ने आफ्नो दिदीले बनाइदिएको जस्ताको टहरोबाट बालगृह स्थापना गरिएको हो । “पछाडि फर्केर हेर्ने हो भने धेरै दुःखका दिन पनि पार गरेँ । त्यो कुरालाई लिएर म कहिल्यै दुःखी बनिन । चामल किनेर खुवाउन पनि गाह्रो हुने अवस्था थियो तर जति दुःख भए पनि बालबालिकालाई कहिल्यै त्यो दुःख महसुस गर्न दिइन । उधारोमा होस् या ऋण गरेर मैले उनीहरुलाई सधँै खुसी राख्ने कोसिस गरेँ”, मीनामैयाँले भन्नुभयो । बालबालिकालाई संरक्...