Friday, March 29
Shadow

Tag: इन्धन

नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

आर्थिक, पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं, चैत ५ । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूलयवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्र्तगत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसप...