
कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो
काठमाण्डौँ, वैशाख १३
आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको निषेधाज्ञा बारे सरकारले निर्णय लिनसक्ने बताइएको छ ।
यसअघि सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको थियो । सीसीएमसीले जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्ने गरि निर्णय गर्न सरकारलाई सिफारिश गरेको छ ।...