Wednesday, April 24
Shadow

Tag: प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको प्रश्न -निर्वाचनबाट किन डराउने ? भन्छन्- सर्वोच्चका न्यायाधिशलाई भेटेको छैन

प्रधानमन्त्री ओलीको प्रश्न -निर्वाचनबाट किन डराउने ? भन्छन्- सर्वोच्चका न्यायाधिशलाई भेटेको छैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर रु नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर रु रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।” प्रधानमन्त्री ओलीले केही मान्छेको प...
नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ :  प्रधानमन्त्री ओली

नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएका छन् । युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताए । “सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उनले भने । प्रधानमन्त्रीले ताजा जनादे...
प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न गराएको बताए। ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने। उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएको बताए। ‘प्रधानमन्त्री ओलीलाई शैली सुधार गर्न मैले धेरै पटक सुझाब दिएको छु। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभो, दुवैपटक मैले धेरै सुझाब दिए। कति ग्रहण गर्नु भो, कति भएन’, उनले भने।...
प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को सरकार गठन हुन सक्ने अवस्थाको विद्यमानता नरहेको, विघटन राजनीतिक विषय रहेको, राजनीतिक अनुशासन कायम गर्न ताजा जनादेशका लागि सार्वभौम जनतामा जाने निर्णय लिएको, विघटन संविधानसम्मत रहेकोलगायत दाबीसहित सर्वोच्चमा न्यायिक पुनरावलोकनको विषय नरहेको जनाएका छन्। ‘मैले प्रतिनिधिसभा विघटनको सिफारिस कुनै वैयक्तिक लाभका लागि गरेको होइन, देश र जनताको हितको अगाडि पद र परिवार कहिल्यै मेरा प्राथमिकताका विषय बनेनन्’, प्रधानमन्त्री ओलीको जवाफमा छ। उनले लोकतन्त्रप्रतिको अटल प्रतिबद्धता र जनअधिकारका लागि आधा शताब्दीभन्दा बढी लडाइँ लडेको जनाएका छन्। ‘मैले कुनै अवाञ्छित स्वार्थका लागि काम गर्नुप...
मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको  नाम छ चर्चामा

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको नाम छ चर्चामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । योसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताएका थिए ।प्रधान...
सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीकाे आह्वान

सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीकाे आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २३ प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट भएर लाग्न सबै दलहरुलाई आह्वान गरेका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उपस्थित दलका प्रतिनिधिलाई सो आह्वान गरेका हुन् । बैठकमा उनले भनेका छन्– ‘संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट होऔँ ।’ पछिल्लाे समय देशभर पूर्व राजा ज्ञानेन्द्रकाे समर्थनमा प्रदर्शन हुँदै आएको थियो । संघीयता तथा गणतन्त्र पक्षधर एकजुट हुनुपर्छ भन्ने कुराहरू आएका थिए । राजसंस्था स्थापना हुनुपर्छ भन्दै प्रदर्शन भइरहँदा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए । बैठकमा सभापति देउवाले जनअपेक्षा अनुसा...