Thursday, April 25
Shadow

सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीकाे आह्वान


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २३
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट भएर लाग्न सबै दलहरुलाई आह्वान गरेका छन् ।

आज (मंगलबार) बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उपस्थित दलका प्रतिनिधिलाई सो आह्वान गरेका हुन् । बैठकमा उनले भनेका छन्– ‘संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट होऔँ ।’

पछिल्लाे समय देशभर पूर्व राजा ज्ञानेन्द्रकाे समर्थनमा प्रदर्शन हुँदै आएको थियो । संघीयता तथा गणतन्त्र पक्षधर एकजुट हुनुपर्छ भन्ने कुराहरू आएका थिए । राजसंस्था स्थापना हुनुपर्छ भन्दै प्रदर्शन भइरहँदा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए ।

बैठकमा सभापति देउवाले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारकाे आलोचना गरेका थिए । उपसभापति विमलेन्द्र निधिले सरकारले जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको नपाइएकाे दाबी गरे ।

अन्य दलका नेताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares