Saturday, October 24
Shadow

Month: October 2026

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

ब्यानर समाचार 2, समाचार
    कपिलवस्तु, असोज १९ नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा राकेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै मधेसी तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका यादवले नेपाली कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने बताउनुभएको छ । यादवले युवाको सहभागिता बढाउने, पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबुत बनाउने तथा कपिलवस्तुका स्थानीय मुद्दा र जनताको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ । उहाँले नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सहभागी गराउँदै कांग्रेसलाई समयअनुकूल रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । महाधिवेशन नजिकिँदै गर्दा यादवले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाउनुभएक...