Thursday, April 23
Shadow

Month: October 2025

हाइवे ह्याकर्स ऐसी बस कृष्णानगरमा एक कार्यक्रम बिच समुद्घाटन 

हाइवे ह्याकर्स ऐसी बस कृष्णानगरमा एक कार्यक्रम बिच समुद्घाटन 

समाचार
कृष्णानगर, कपिलवस्तु, असोज २६ कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्रताप शाहले हाइवे ह्याकर्स एसी बसको रिबन काटेर समुद्घाटन गरेका छन्। कृष्णानगर देखि काठमांडौं र काठमांडौं देखि कृष्णानगर संचालनमा आज देखि आउने हाइवे ह्याकर्सका प्रोपराइटर मोती उपाध्यायले बताए। पश्बचिम नेपाल बस व्यवसायी प्रा . लि. मा दर्ता भइ आज देखि नाइटबस संचालनमा आएको पश्चिम नेपाल बस व्यवसायी प्रा . लि. कृष्णानगरका कर्मचारी निर्मल पराजुलीले जानकारी दिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले आधुनिक बस संचालन गरेकोमा संचालक उपाध्याय लाई व्यवसायिक सफलताको शुभकामना दिदै चालिस सिट क्षमता भएको आधुनिक बस संचालन बाट यस क्षेत्रका जनता लाई काठमांडू आवत जावतमा सहज हुने विश्वास व्यक्त गरे। बस समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णानगर अध्यक्ष रितेश शर्मा ,जाबेद आलम खां, शा...
कृष्णनगरको दशगजामा बृहत सरसफाई

कृष्णनगरको दशगजामा बृहत सरसफाई

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णानगर असोज, २५ कृष्णनगरको दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा  सरसफाई गरिएको हो । सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए । सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक ईश्वर लौडारीले बताउनुभयो। सरसफाई लगाएत अन्य सामाजिक...
इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

समाचार
  अजय मिश्र, कृष्णानगर,असोज २३  कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) - नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। विश्व दृष्टि दिवस (World Sight Day) को अवसरमा यस कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग सय भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको सहभागितामा "नि:शुल्क आँखा चेकजाँच कार्यक्रम" सम्पन्न भएको भएको जानकारी प्रहरी निरीक्षक ईश्वर लौडारीले दिएका छन्। कार्यक्रममा आंखा अस्पतालका डाक्टरहरु , उद्योग वाणिज्य संघ कृष्णानगरका बरिष्ठ उपाध्यक्ष नसरूल्ला...
सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु ,असोज २० सशस्त्र प्रहरी बल नेपालको सुचनाको आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसंधान कार्यालय वुटवलको टोलीको सहयोगमा शिवराज नगरपालिका वडा नं ५ कटनिया स्थित स्थानियको घरमा स्टोर गरि राखेको २३ बोरा (कट्टा ) अन्दाजी १६ लाख बराबरको अबैध कपडा बरामद गरि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ । उक्त स्थानमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट प्रमुख अनुसंधान अधिकृत र उपवचित सुवास श्रेष्ठ सहितको सशस्त्र प्रहरी बल राजश्व सुरक्षा वेस वुटवलबाट समेत टोली खटि आएको थियो।...
भव्य र सभ्य तरिकाले कृष्णानगरको दुर्गा भवानीको मूर्ति विसर्जन 

भव्य र सभ्य तरिकाले कृष्णानगरको दुर्गा भवानीको मूर्ति विसर्जन 

ब्यानर समाचार, समाचार
अजय मिश्र, कपिलवस्तु , असोज १६ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई ...