Thursday, April 23
Shadow

Month: May 2025

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २ लाख बराबरको सामान बरामद

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २ लाख बराबरको सामान बरामद

ब्यानर समाचार 2
अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले आफ्नो मताहत क्षेत्र भित्र करिब दुई लाख बराबरको माल समान बरामद गरेको छ।   शुक्रवार बिहान करिब ११:४५ बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.०६ भिल्मी चोक स्थितमा बाट चोरी निकासी पैठारी गरेको रु १३५००।- बराबराको ३ बोरा (१५० के.जी.) चिनी बरामद गरेको छ। सोही दिन बिहान अन्दाजी ११:३० बजेको समयमा कपिलबस्तु महाराजगंज नगरपालिका वडा नं.०९ कुसहवा बढनी स्थितमा २ थान मोटरसाईकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउदो बोईलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस्कुट समेत गरी जम्मा रु. २०००००।– को सामान पक्राउ गरिएको छ। पक्राउ गरिएको सामान आवश्यक कार्यवाही का लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।...
प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, जेठ १०  इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला  कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ। शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन  गा.वि.स. वडा नं. ९ हाल  चम्पादेवी गाँउपालिका वडा नं.१०  रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झोला भित्र  पलाष्टिकमा १० (दश) गड्डी भा रु ५०० (पाँच) सय दरका भारतीय नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिएका छन्। पांच लाख भारतीय रकम सहित राम कुमार तेलाङ्गीलाइ नियन्त्रणमा  ...

मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार आगामी बजेट

ब्यानर समाचार 2, समाचार
काठमाडौँ, ८ जेठ आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेत समेट्ने काम भइरहेको छ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टोली बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गर्नुभएको थियो । यस्तै अर्थ मन्त्रालयले पूर्...
मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता

मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता

ब्यानर समाचार 2, समाचार
मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता  डा. अब्दुल गनी अल-कूफी   आजको दिन इस्लामी उम्मत र विशेष गरी सिरियाली जनताको लागि आशा, खुशी र नयाँ जीवनको प्रभात बनेको ऐतिहासिक दिन हो। वर्षौंसम्म युद्ध र संकटमा फँसेको सिरियाली जनता आज एउटा उज्यालो भविष्यको ढोका खोल्न पाएका छन्। ती कठोर प्रतिबन्धहरू, जसले सिरियाको अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, ऊर्जा र सामाजिक जीवनलाई अपांग बनाएको थियो, आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को एउटा ऐतिहासिक निर्णयद्वारा हटाइएको छ। र यो महान् निर्णयको पछाडि जो व्यक्तित्व उभिएको छ, ती हुन् साउदी युवराज मोहम्मद बिन सलमान, जसको निरन्तर प्रयास, बुद्धिमत्तापूर्ण कूटनीति र मानवीय संवेदना अन्ततः सफल भएको छ। सिरियामाथि लगाइएका प्रमुख प्रतिबन्धहरू (अब हटाइएका) 1. बैंकिङ हस्तान्तरणमाथि प्रतिबन्ध – व...
निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

समाचार
कपिलवस्तु, बैशाख ३० भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्। हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ। नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ। भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी लगायत ठांउबाट समेत सेवा दिइने आयोजकले जानकारी गराएका छन्।...
कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , बैशाख २९  जिल्लाकाे प्रमुख बजार कृष्णनगरमा अहिले टुर  ट्राभल्स नयाँ व्यवसायी आकर्षित हुन लागेका छन । कृष्णनगरमा शान्ति सुरक्षा सुधार हुँदै गएकाले लगानीकाे वातावरण बन्दै गएकाे छ । अहिले नेपाल र भारत भ्रमण गर्न चाहने यात्रीहरुका लागि थुप्रै टुर एण्ड ट्रभल्स संचालनमा आएका छन । कृष्णनगर वडा २ काे मुख्य बजारमा सटही काउन्टर नजिकै नयाँ टुर एण्ड ट्रभल्स कम्पनी संचालनमा आएकाे छ। ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालनमा आएपछि अब नेपाल , भारत लगायत विश्वभरिका ट्रेन , हवाइजहाज , बस लगायतका सवारीसाधनकाे यात्रा टिकट पाइन्छ । कार्यालय समुुद्घाटन समाजसेवी सहिद खांले गर्नुभएकाे थियाे । विगत केही दिनदेखि कृष्णनगर बजारभित्र आधा दर्जनबढी टुर एण्ड ट्रभल्स कम्पनीहरु सेवा दिदै आएका छन ।...
उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए । ००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए । ‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही सम...