Sunday, June 22
Shadow

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २ लाख बराबरको सामान बरामद


  • -इ
  • इ+

अजय मिश्र, कृष्णनगर, जेठ १०

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले आफ्नो मताहत क्षेत्र भित्र करिब दुई लाख बराबरको माल समान बरामद गरेको छ।

 

शुक्रवार बिहान करिब ११:४५ बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.०६ भिल्मी चोक स्थितमा बाट चोरी निकासी पैठारी गरेको रु १३५००।- बराबराको ३ बोरा (१५० के.जी.) चिनी बरामद गरेको छ।

सोही दिन बिहान अन्दाजी ११:३० बजेको समयमा कपिलबस्तु महाराजगंज नगरपालिका वडा नं.०९ कुसहवा बढनी स्थितमा २ थान मोटरसाईकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउदो बोईलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस्कुट समेत गरी जम्मा रु. २०००००।– को सामान पक्राउ गरिएको छ।

पक्राउ गरिएको सामान आवश्यक कार्यवाही का लागि
कृष्णनगर भन्सार कार्यालय पठाईएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares