कृष्णनगरको लिंकगेट बाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ
कृष्णनगर, माघ २९
इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन्।
विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरु लाई लागु औषधको सिकार हुन बाट जोगाएको स्थानीय बुद्धिजीवी हरू प्रहरी निरिक्षक सुरज खत्रीको खुलेर तारीफ गर्छन् ।
प्रहरी निरिक्षक सुरज खत्रीले विशेष सूचनाको आधार तथा शंका लागि चेकजाच गरि लागु औषध करोबारी तथा कुलतमा परेका सेवनकर्ता लाई कानुन बमोजीम कार्वाही
गरांउदै लागु औषध करोबारी तथा सेवनकर्ता हरूको कम्मर तोड्न सफल भएका समाजसेवी हरू बताउछन्।
केही महिना अगाडि प्रहरी निरिक्षक सुरज खत्रीले गरेको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महिनाको उत्कृष्ट प्रहरी सम्मान पनि खत्रीले पाएका थिए।
सोही क्रममा इलाका प्रहरी कार्यालय क...









