Thursday, April 23
Shadow

Month: December 2022

प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।” नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या ...
महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उहाँले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताउनुभयो । उहाँको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए । उनले १७ महिना १० दिन काम गरे । शेरबहादुर देउवा प्रधानमन्त्रीबाट बिदा भएसँगै उनी पनि पदबाट बिदा भएका हुन् ।  ...
प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।...
चीनमा बेरोजगार युवा संख्या बढ्दै

चीनमा बेरोजगार युवा संख्या बढ्दै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ । तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन। द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ। युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट वञ्चित छन् । चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
हिमपातको सम्भावना

हिमपातको सम्भावना

ब्यानर समाचार, ब्यानर समाचार 2, मौसम, समाचार
पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथाविज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने जनाएको छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सुकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौस...
बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना

बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाज
काठमाडौँ - बागमती नदी सभ्यता संरक्षणका कार्यमा थुप्रै दशक बिताई ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता स्व. हुतराम बैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन खोलिएको छ । उहाँकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर बैद्य दम्पतीकी सुपुत्री श्रीमती मीना बैद्य पाण्डेले विशेष पहल गरी आमा–बुबाको सम्झना तथा सम्मानस्वरूप ‘शारदा–हुतराम बैद्य फाउन्डेसन’ स्थापना गर्नुभएको हो । काठमाडौँको त्रिपुरेश्वरमा पुस ९ गते शनिवार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले उक्त फाउन्डेसनको विधिवत शुभारम्भ गर्नुभएको थियो । स्व. हुतराम बैद्य नेपालको पहिलो कृषि इन्जिनियर पनि हुनुहुन्थ्यो । दिगो कृषि विकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा उहाँले जीवनभर केही न केही काम गरिरहनुभएको थियो । साथै बागमती नदी र काठमाडौँको सभ्यता संरक्षण...
बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, स्थानिय तह
काठमाडौ - तारकेश्वर नगरपालिकाको आयोजनामा बुलन्द आवाजले तारकेश्वर नगरपालिकाको गतिविधि जनता समक्ष ल्याउन र जनताको गुनासो सुझाव नगरपालिका समक्ष पुर्‍याउने उदेश्यले नगरपालिकाको प्राङ्गण नजिकै रहेको खेलाको चौरमा सार्वजनिक सुनुवाइ गर्‍यो । त्यस कार्यक्रमको सुरुवात नगरपालिकाका कर्मचारी राजु तिमल्सिनाले नगरप्रमुख कृष्णहरि महर्जन , उपप्रमुख सिर्जना बुर्लाकोटि , प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे , प्राबिधिक प्रमुख , योजना प्रमुख , शिक्षा शाखा प्रमुख , कृषि प्रमुख , स्वास्थ प्रमुख , नापी प्रमुख  वडा अध्यक्ष हरु वडा सदस्य हरु, बुलन्द आवाजका मिडिया पाट्नर राजन नेपाल , नगरका राजनैतिक दलका प्रमुख हरु लाई आसनग्रहन गराउनु भयो । राष्ट्रिय गान पछि मिडिया पाट्नर बुलन्द आवाजका प्रस्तुता राजन नेपाल लाई कार्यक्रम प्रस्तुत गर्न दिइयो । २ बजे सुरु भएको उक्त कार्यक्रम ५ बजेसम्म चलेको थियो । कार्यक्रममा २...
अनिश्चितकालका लागि मनकामना केबलकार  बन्द

अनिश्चितकालका लागि मनकामना केबलकार बन्द

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
गोरखा । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा स्थगन भएको छ । कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ । अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।