काठमाडौ – तारकेश्वर नगरपालिकाको आयोजनामा बुलन्द आवाजले तारकेश्वर नगरपालिकाको गतिविधि जनता समक्ष ल्याउन र जनताको गुनासो सुझाव नगरपालिका समक्ष पुर्याउने उदेश्यले नगरपालिकाको प्राङ्गण नजिकै रहेको खेलाको चौरमा सार्वजनिक सुनुवाइ गर्यो । त्यस कार्यक्रमको सुरुवात नगरपालिकाका कर्मचारी राजु तिमल्सिनाले नगरप्रमुख कृष्णहरि महर्जन , उपप्रमुख सिर्जना बुर्लाकोटि , प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे , प्राबिधिक प्रमुख , योजना प्रमुख , शिक्षा शाखा प्रमुख , कृषि प्रमुख , स्वास्थ प्रमुख , नापी प्रमुख वडा अध्यक्ष हरु वडा सदस्य हरु, बुलन्द आवाजका मिडिया पाट्नर राजन नेपाल , नगरका राजनैतिक दलका प्रमुख हरु लाई आसनग्रहन गराउनु भयो । राष्ट्रिय गान पछि मिडिया पाट्नर बुलन्द आवाजका प्रस्तुता राजन नेपाल लाई कार्यक्रम प्रस्तुत गर्न दिइयो ।
२ बजे सुरु भएको उक्त कार्यक्रम ५ बजेसम्म चलेको थियो । कार्यक्रममा २० जना नागरिक ले ६० वटा जति गुनासो राखेका थिए । गुनासो हरु शिक्षा , स्वास्थ , खानेपानी , पुर्वाधार बिकास , पुराना कर्मचारी निकालेको सम्बन्धमा , उपभोक्ता समिति हरु वडा अध्यक्ष नजिकका बनाएको सम्बन्धमा ,सार्वजनिक सुनुवाइ कार्यक्रमको सूचना कम भएको सम्बन्ध मा , छाडा छाडिएका कुकुरको समस्या , सडक बत्ति/खम्बा को समस्या , मालपोत / नापी संगको कित्ताकाट सम्बन्धि समस्या हरुको गुनासो भएको थियो । गुनासोको सम्बोधन नगरप्रमुख , उपप्रमुख ,प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष , सम्बन्धित शाखा प्रमुख हरुले दिनुभएको थियो ।
बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाइ
- -इ
- इ
- इ+