गायक तथा संगीतकार हेम श्रेष्ठ र सरिता भारतीले ल्याए मार्मिक दशैंगीत “यसपालीको दशैं” भिडियो सार्बजनिक
महेन्द्र अधिकारी/नुवाकोट,कार्तिक १
नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायक हेम श्रेष्ठ र गायिका सरिता भारती ले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत “यसपालीको दशैं” सार्बजनिक गरेका छन् । काठे भाकामा तयार गरिएको दोहोरी भाकाका लय संकलन तथा संगीत हेम श्रेष्ठ कै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ ।
बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गायक श्रेष्ठ ले बताएका छन् । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतको भिडियोलाई पनि क्षैत्रीले नै निर्देशन गरेका हुन् । यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् । यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । सो गीतलाई गोविन्द सोनी ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा गायिक...

