पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन
कृष्णनगर/कपिलवस्तु , पुस २२
कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थी हरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३०बजे देखि १०:३०बजे सम्म पहिलो चरण र १:३०बजे देखि ३:३०बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन।
जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा क...







