Thursday, May 21
Shadow

समाज

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातजना मन्त्री थप गरेका हुन्। थपिएका मन्त्रीहरूमा प्रभु साह श्रम तथा रोजगार, मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझी ऊर्जा, दावा लामा शिक्षा, गौरीशंकर चौधरी खानेपानी, गणेश ठगुन्ना कृषि लगायत रहेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने स्रोतले बताएको छ। उनीहरू शपथ ग्रहणका लागि अहिले शितलनिवास पुग्ने क्रममा रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्...
थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।...
बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व

बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष १० बेल्कोटगढी नगरपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । यहाका मानिसका मुख्य पेसा भनेको कृषि हो । यस क्षेत्रमा गहुं, मकै, धान,जौ, फापर, तथा अन्य धैरै खाद्यान्न बाली तथा नगदे बालीको रुपमा आलु, गोलभेडा, सिमी, जस्ता थुप्रै बालीहरु लगाइन्छ । प्राकृतिक हिसाबले सम्पन्न भएपनि यस क्षेत्रमा उचित सेवा सुविधाका कारणले किसानहरुले आफुले सोचेजस्तो लाभ लिन सकेका छैनन् । दुइपिपल, रातमाटे,कुमरी, जिलिङ, बेल्कोट,मदानपुर यस नगरपालिकाको मुख्य कृषि क्षेत्रमा पर्दछ । धेरै क्षेत्रफल ओगटेको यस नगरमा बिभिन्न क्षेत्रमा बिभिन्न प्रकारका खाद्य बाली तथा नगदे बाली उत्पादन हुन्छ । नगरपालिकाको कुल क्षेत्रफल १५५.६ बर्ग किलोमिटर रहेको छ, भने कुल जनसंख्या ३ लाख ९ हजार ८ सय ८८ रहेको छ । १३ वटा वडामा बिभाजन गरिएको यस नगरको पूर्बमा ककनी गाउपालिका छ भने पश्चिममा धादिङ जिल्ला रहेको छ। चिम्टेश्वर ...
प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

समाज
काठमाण्डौँ, पुष १० ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मङ्सिर १६ देखि सुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउनुहुन्छ ।ुमहाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड(१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौ उहाँ भन्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी गाडी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफि...
बलात्कारका घटना भयावह : चार वर्षमा कती छन घटना?

बलात्कारका घटना भयावह : चार वर्षमा कती छन घटना?

समाज
काठमाण्डौँ, पुष १० समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ। इलाममा चार वर्ष ९२०१७–२०२०० मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए। यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए। यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ। इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिला, सन् ०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला तथा सन् ०१९ मा बलात्कारका २१ घटनामा बालिकाको सङ्ख्या १३ र महिलाको सङख्या आठ थियो। पछिल्लो चार वर्षमा आत्महत्याका २६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचबिखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुईरदुई र बालविवाह भएको इन्सेकको तथ्याङ्कले देखाउँछ। ...
भारततर्फ लैजाँदै गरेका दुई युवतीको कैलालीबाट उद्धार

भारततर्फ लैजाँदै गरेका दुई युवतीको कैलालीबाट उद्धार

समाज
काठमाण्डौँ, पुष १० भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले कैलालीबाट उद्धार गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका(१ की १८ वर्ष र धादिङको थाक्रे गाउँपालिका(५ की २० वर्षकी युवतीको उद्धार गरी आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। युवतीलाई भारततर्फ लैजाने काममा संलग्न वेदकोट(१ हात्तिथलाका २० वर्षका लोकेन्द्र बोहरा र बझाङको मष्टा गाउँपालिका(३ ठकुरीथानाका २१ वर्ष सुनिल बोहरालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले जानाकारी दिए।...
नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । नारायणगढ- मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्क...
‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छिन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २...
भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १० । भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सवा २ बजेतिर जगातीबाट सूर्यविनायक आइरहेको ना६ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वीरगन्ज महानगरपालिका १२ का ३० वर्षीय अजमदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर पल्टिएको ट्रकले च्यापेर उनको मृत्यु भएको हो ।...
श्रीमान विदेश, श्रीमती परपुरुषसँग भागेपछि……..

श्रीमान विदेश, श्रीमती परपुरुषसँग भागेपछि……..

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरी समेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । ‘पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौं’, उनले भने, ‘उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।’ पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता ...