Monday, June 15
Shadow

समाज

शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं-  काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्। प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि ...
एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीको आपत्ति

एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीको आपत्ति

शिक्षा, समाज
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १० नेपालटारमा रहेको एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । समयमा नै भवन रेक्ट्रोफिट्ङको काम सम्पन्न हुन नसक्दा सहज रुपमा पठन पाठन कार्य प्रभावित भएको प्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) एनआर कलेजका विद्यार्थी नेता एवम् ने बि संघ सामुदायिक क्याम्पस समन्वय समितीका अध्यक्ष परोपकार अधिकारीले आपत्ति जनाएका थिए । उने सामाजिक सञ्जालमा भनेका छन्, तारकेस्वरको मुटु नेपालटारमा रहेको एन आर कलेजको भवन रेक्ट्रोफिट्ङको नाममा ढिलासुस्ती गर्दा हजारौ बिध्यार्थिको पठनपाठनमा समस्या आउदा पनि लाचार रुपमा कानमा तेल हाल्ने बिध्यालय प्रशासनले के जबाफ देला ? कार्य सम्पादनमा ढिला सुस्ती किन र कहिले सम्म सम्बन्धित पक्षले बिध्यालय प्रशासनलाइ स्पस्टिकरण लिने कि नलिने ? विद्यार्थी र विद्यार्थी संगठनको विरोध पश्चात क्याम्पस प्रश...
महानगरभित्र रहेका पुराना हिटी र पोखरीको पुननिर्माण गर्ने : मेयर  शाह

महानगरभित्र रहेका पुराना हिटी र पोखरीको पुननिर्माण गर्ने : मेयर शाह

मुख्य समाचार, राजनिती, समाचार, समाज
ललितपुर, असार,५ | काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी,सार्वजनिक,निजी संस्थाका परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताउनुभयो । ...
तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गर्नुभएको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताउनुभयो । काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गर्नुभएको छ ।...
धनगढीमा डुबेर दुई बालकको मृत्यु

धनगढीमा डुबेर दुई बालकको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं- कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, वैशाख ३ आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् । युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । ...
सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

ब्यानर समाचार, मुख्य समाचार, समाज
विगत १६ बर्ष देखिको समस्या समधान नगरेको भन्दै सिसडोल बासिन्दाले फोहोरमैला बोकेर गाडीमा प्रवेशमा रोक लगाएका छन्। आज बिहान ४ बजे देखि काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी सिसडोल जान सकेका छैनन् । हाल फोहोरमैला बोकेका गाडी काठमाडौंमा नै थन्किएका छन्। १६ बर्ष पहिला नेपाल सरकारले गरेका सम्झौता कान्वयान नगरे सम्म फोहोरमैला बोकेका गाडी सिसडोल छिर्न नदिने स्थानीयको चेतावनी छ। आज बाट स्थानीय फोहोरमा राजनीति गर्ने दलालहरू होसियार , मानव रहित फोहोर ,फोहोर रहित मानव भन्दै आन्दोलित भएका छन् ।...
सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्। स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् । ‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए । सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...
बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

समाचार, समाज, स्थानिय तह
काठमाडौं फागुन ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए । कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए । कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी ...
आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

आर्थिक, समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु माघ १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ । उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयो । सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो । १७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो । कार्यक्रम संचालन...