Thursday, October 30
Shadow

समाज

सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । दसैँ नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले आजदेखि नगर क्षेत्रभित्रका खाद्य पसल, फलफूल पसल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा आजदेखि सुरु भएको बजार अनुगमन गरी पहिलो दिन करिब रु १६ हजार तीन सय ३२ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रालिबाट म्याद नाघेको नौ हजार आठ सय ६५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनी मार्टमा रु पाँच हजार चार सय ९५ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ । उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यकरुपमा महँगी वृद्धि गर...
काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । चाडपर्वको समयमा देशको  राजधानी काठमाडौँको लाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिनुभयो । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न...
जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत)

ब्यानर समाचार 2, समाचार, समाज
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ ।  थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।  थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविव...
जिब्रो छेड्ने जात्रा

जिब्रो छेड्ने जात्रा

ब्यानर समाचार 2, समाज
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले ज...
पितृ पक्ष (सोह्र श्राद्ध)

पितृ पक्ष (सोह्र श्राद्ध)

ब्यानर समाचार 2, समाज
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्य...

टीकापुरको कैलाशेश्वर शिव मन्दिर जीर्ण बन्दै

ब्यानर समाचार 2, समाचार, समाज
कैलालीको टीकापुरस्थित कैलाशेश्वर शिव मन्दिर जीर्ण अवस्थामा छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शिव मन्दिर समय समयमा मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको हो । कैलाशेश्वर शिव मन्दिर २०४३ सालमा स्थापना भएको हो । दशकौँअघि बनेको मूल मन्दिर, यज्ञकुण्ड र आवासगृह जीर्ण छन् । यी संरचना पुनःनिर्माणका लागि लगानी आवश्यक छ । कैलाशेश्वर मन्दिरमा साना–ठूला गरी विभिन्न देवी–देवताका ११ मन्दिर छन् । एउटा आवास र यज्ञकुण्ड छ । यी सबै संरचना वर्षौँअघि बनेका हुन् । यतिखेर मन्दिर भक्तजनको भेटीबाट चलिरहेको व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बताउनुहुन्छ । भक्तजनको भेटीबाट उठेको रकमले मन्दिर संरक्षण, मर्मत, गुरुकूल सञ्चालनलगायत काम भइरहेका छन् । मन्दिर व्यवस्थापन समितिले डेढ वर्षमा रु १० लाख आम्दानी भएको जनाएको छ । मन्दिरको आम्दानीबाट व्यवस्थापन समितिले निर्माण, जीर्ण रहेका संरचना म...

लुटपाटमा संलग्न अभियुक्त सार्वजनिक

ब्यानर समाचार 2, समाज
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीबाट एक व्यक्तिको रकम लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका दुवै अभियुक्तलाई आज सार्वजनिक गरेको छ । सपहीस्थित मेगा बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ का राम दास बुधबार दिउँसो लुटिनुभएको थियो । बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएको समूहले रकम लुटेर भागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । रकम लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मीनियाँ गाउँपालिका–४ निवासी २३ वर्षीय सरोज दास र सोही गाउँपालिका–६ निवासी २० वर्षीय भरोसी भन्ने नरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका नरेशबाट घर अगाडि छाप्रो घरमा खाल्डो खनी गाडेको अवस्थामा रु एक लाख ...

वैदिक सनातन हिन्दू राज्यको माग

ब्यानर समाचार 2, समाचार, समाज
राष्ट्रिय सरोकार मञ्च नेपालले वैदिक सनातन हिन्दू राज्य घोषणाको माग गरेको छ ।मञ्चका महासचिव अर्जुनसिंह विष्टले नेपाल सनातन वेदवेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति परम्परा र सभ्यताको मुख्य केन्द्र भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, जगन्नाथ र गुरु गोरखनाथको संरक्षण गर्दै वैदिक सनातन हिन्दू धर्मावलम्बीच एकता, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त मञ्चले मुलुकको विकास र समृद्धिका लागि राज्यको संरचना गर्दा सिञ्जा, सिम्रौनगढ र मिथिला गरी तीन प्रदेश कायम गरेर सबै नागरिकलाई समान अवसर तथा सामाजिक न्याय उपलब्ध गराउन आग्रह गरेको छ । मञ्चले यस विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ ।...

यम:द्यो ठड्याएर भक्तपुरमा सुरु गरियो ईन्द्रजात्रा

ब्यानर समाचार 2, समाज
भादगाउँ, भदौ २२  : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्लद्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा यम:द्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाउँछन् । जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोल टोलमा विधिवत पूजाआजा हित नगरका ईताछें., तेखापुखु:, मुलाख:ु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, ग:हीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यम:द्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन । जात्राको तेस्रो दिन अर्थात ईन्द्रजात्...
ढिकी, जाँतो र पानीघट्ट विस्थापित

ढिकी, जाँतो र पानीघट्ट विस्थापित

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौँ-: एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विजुली पहुँच थिएन । विजुली बत्तीको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ । गाउँलेले पिसानी (अन्न पिस्ने काम)का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो...