Saturday, May 23
Shadow

समाज

प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंका समेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ । अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै आएका प्रधानमन्त्रीले सोही अनुसार मन्त्रिपरिषद् राखेर संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति संसद् बैठक बोलाउनै पर्ने अदालतको बाध्यकारी आदेश छ । तर त्यसपछिको प्रक्रिया कसरी अघि बढ्छ रु संविधानसभाबाट जारी भएको नयाँ संविधानमा त्यसको स्पष्ट व्यवस्था छैन । ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तर्गत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ । अहिले पनि सत्तारुढ नेकपा एउटै राजनीतिक दल भएकाले नयाँ संसदीय...
आज २०७७ फागुन १२ गते बुधबारको राशिफल

आज २०७७ फागुन १२ गते बुधबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुहरू पनि पराजित हुनेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साम...
कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

मुख्य समाचार, समाचार, समाज
प्रिया अधिकारी , रुपन्देही । मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल नाराका साथ कञ्चन जेसिज बर्ष २०२१को आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।जस्मा ६० जनाले रक्तदान गरेका छन। वर्तमान अध्यक्ष जेसि राधिका चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिकाकि उपाध्यक्ष गोमा तरामुले कार्यक्रममा बोल्दै रक्तदान अन्य भौतिक दान भन्दा ठूलो दान भएको बताउनु भयो। समय-समयमा रक्तदान गर्नु मृत्युको दोसाँधमा पुगेका व्यक्तिहरुका लागि जिवनदान हुन्छ भने रक्तदान गर्ने व्यक्तिको रगत हरेक ३-३ महिनामा आफै खेर जाने र त्यस रगतको स्थानमा नयाँ रगत पलाउने भएकोले खेर जाने रगतलाइ रगतको अभावमा जीवन र मृत्यु संग लडि रहेका व्यक्तिहरूलाई उपलब्ध गराउनु नै निकै ठुलो पुण्यको काम भएको बताउनु भयो। विशिस्ट अतिथि समेत रहनु भएको कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेल...
अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै मुलुकभरको सुरक्षामा उच्च सतर्कता

अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै मुलुकभरको सुरक्षामा उच्च सतर्कता

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानी समेत बढाइएको छ ।” नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तया...
संसद् पुनर्स्थापना भएपछि खुसी हुँदै झाँक्रीले भनिन्- तानाशाही कदमको अन्त्य भयो

संसद् पुनर्स्थापना भएपछि खुसी हुँदै झाँक्रीले भनिन्- तानाशाही कदमको अन्त्य भयो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ११ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भएको बताएकी छन्। आज दिउँसो सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि खुसी हुँदै नेतृ झाँक्रीले सामािजक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेकी हुन्। ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो,’ उनले लेखेकी छन्, ‘यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको छ।’...
कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातन्त्र पार्टी कार्यालय स्थापना

कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातन्त्र पार्टी कार्यालय स्थापना

राजनिती, समाचार, समाज
कृष्णनगर, फाल्गुन ११ । कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातन्त्र पार्टी कार्यालय स्थापना गरिएको छ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रा. प्र. पा.का जिल्ला अध्यक्ष नारायण बहादुर सिंहद्वारा आज एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिएको छ । रा. प्र.पा.कृष्णनगर नगर अध्यक्ष सुरेन्द्र मौर्यको अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि नारायण बहादुर सिंह अतिथिमा रा। प्र। पा। केन्द्रीय सदस्य ध्रुव बहादुर रायमाझी, दिनेश चन्द गुप्त, श्याम कुमार मिश्र लगायत रहेका छन् । नजिकिदै गरेको पार्टीको केन्द्रीय अधिवेशन, कार्यकर्ता भेटघाट, पार्टीको सदस्यता वितरण र पार्टी लाई अझ मजबुत ढंगले अगाडि बढाउन लगायत उदेश्यका साथ पार्टी कार्यालय स्थापना गरिएको केन्द्रीय सदस्य श्याम कुमार मिश्रले बताए । रा.प्र.पार्टी प्रदेश सदस्य टेक बहादुर बस्नेत, रा। प...
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको जनाउँदै नाराबाजी समेत गरेका छन् ।...
द डबल दोर्जे टिमद्वारा खाना वितरण अभियानमा लागेको जय महांकाल युवा समुहलाई  सहयोग

द डबल दोर्जे टिमद्वारा खाना वितरण अभियानमा लागेको जय महांकाल युवा समुहलाई सहयोग

समाचार, समाज
काठमाण्डौँ, फागुन ११ भोकालाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ २०७६ चैत्र २२ गतेबाट संचालन भएको जय महांकाल युवा समुहको खाना वितरण अभियान लोकप्रिय बन्दै गएको छ। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई लक्षित गर्दै मानिसहरू रोगले भन्दा नमरून् भन्ने उद्देश्यका साथ सडकमा अलपत्र परेका, सडक बालबालिका, ज्याला मजदुरी गर्ने, अशक्त, अपाङ्ग आदि वर्गलाई लक्षित गर्दै उक्त अभियान संचालन गरेको आयोजकको भनाइ छ । आजसम्म यस अभियानले २९० दिन काटेको छ। यो अभियान ११२ औ दिन सम्म काठमाडौंको विभिन्न स्थान जस्तै रत्नपार्क, पशुपतिनाथ,थापाथली, सिनामंगल, कलंकी, आदि स्थानमा संचालन गरेको र त्यस पश्चात् आर्थिक अभावको कारण हाल नयाँ बसपार्कको बिजी मलमा मात्र वितरण गरिरहेको जय महांकाल युवा समुह संस्थाकामहासचिव मनिस बि.क.ले जानकारि दिनुभयो । यस समुहले खाना वितरण अभियान मात्र नभएर सडकमा अलपत्र परेकाहरूको कत...
पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेकी हुन् । नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।...
कन्चनपुरमा फरुवा प्रहार गरी श्रीमान्को हत्या

कन्चनपुरमा फरुवा प्रहार गरी श्रीमान्को हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कन्चनपुर , फागुन ११ । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।” यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ...