Friday, September 19
Shadow

समाचार

काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार आठ, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् । आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।...
पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।...
कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो। मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए। निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको प...
बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं

बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ३ बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ। बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ। चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । अन्य समयमा राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिक...
खसीबोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ

खसीबोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ

कृर्षि, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बिक्रीवितरण गर्ने भएको छ। दाङ र मकवानपुरको मजवानपुरबाट दसैंका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो। निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दस रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन्। उनका अनुसार काठमाडौं आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण सुरु हुनेछ। प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुुसार...
३ सय ६७  जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६६ जना आइसियु र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियुमा जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेरमा उपचाररत रहेका छन्।...
नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।...
जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २ कोरोना महामारीका बेला दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्। "कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं," शर्माले घोषणा गर्दै भनेका छन्, "दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।" यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दशैं भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घो...
दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु

दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज ३० दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । बिहीबार राति राप्ती गाउँपालिका ३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए । लाठीले कुटपिट गर्दा गम्भीर घाईते चौधरीको रक्तस्राबका कारण राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो । राति कुखुरा कराए पछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेका हुन् । कुटपिट गर्ने बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका १ खिलतपुर निवासी ३७ बर्षीय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर न...
नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद, समाचार
काठमाण्डौँ, असोज ३० नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो। चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । तर, राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेलका लाग जानेछ। कोरोना महामारीका कारण नेपाली खेलकुद पछिल्लो ७ महिनादेखि ठप्प छ। यस अवधिमा कुनै पनि खालका खेलका प्रतियोगिता भएका छैनन्। तर, टोकियो ओलम्पिक छनोट खेल्ने खेलाडीहरुले भने पटक पटक अभ्यास गर्दै रोकिँदै हुँदै आएको छ। यसअघि अखिल नेपाल फूटबल संघ ( एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । तर, उपत्यकामा निषेधाज्ञा जारी भएपछि अन्तिम समयमा अभ्यास रोकिएको थियो।...