Friday, September 19
Shadow

राजनिती

मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित

मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो । कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् । आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...
अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १६ नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए । केक काटेपछि बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।...
प्रधानमन्त्री ओली अब टिकटकमा पनि

प्रधानमन्त्री ओली अब टिकटकमा पनि

ब्यानर समाचार, मनोरञ्जन, राजनिती, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १५ प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने। हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्। https://www.tiktok.com/@kpsharmaoli_official?referer_url=https%3A%2F%2Fpahilopost.com%2F&referer_video_id=6900199854916603137  ...
कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १५ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ का कारण समस्यामा परेको देशको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध भएर लागिपरेको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताउनुभयो । सरकारको सामथ्र्यका आधारमा देशका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।' उहाँले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक पालिकामामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण...
नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १० नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई नगर भित्रका विभिन्न विषयलाई समेटि ९ बुंदे ज्ञापन पत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरालाई नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले उक्त ज्ञापन पत्र बुझाएका हुन् । जनताको चन्दाबाट निर्माण गरिएको हस्पिटल नगरले हडपेको देखि नगरमा हुन नसकेको विकास, भ्रष्ट्रचार, अनियमितता लगाएतका विषयलाई सुधार गर्नु पर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाएको नगर सभापति थापाले बताए । सहि कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगर क्षेत्रमा विभिन्न प्लटिङको नाममा पर्यावरणमा खलल आउने काम भएको प्रति चिन्ता व्यक्त गर्दैँ नगरले जति सक्दो छिटो उक्त कार्यलाई नियन्त्रण गर्न समेत अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड १९ को महामारीका कारण प्रभावकारी काम गर्न न...
काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ६ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रकोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन् । उनले राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिए ।...
नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

नेकपा बैठक सकियो, १० दिनपछि पुनः बस्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक ३ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

जिवनसैली, ब्यानर समाचार, राजनिती, समाज, स्थानिय तह, स्वास्थ्य
दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८ नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे । नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ। विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् । १६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो ...
बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्‍चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । आआफ्ना जिल्लाभित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्‍चालनमा रहेको, मापदण्डअनुसार भए/नभएको, सरकारलाई राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन...
चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ चौतर्फी दबाब र आलोचना बढेपछि सरकारले कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले नि:शुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चले नि:शुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको नि:शुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार नि:शुल्क गर्न सरकार बाध्य भएको हो । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कोरो...