Saturday, May 23
Shadow

मुख्य समाचार

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलापछि चितवनमा खुशीयाली मनाउदै प्रचण्डले ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका हुन् । उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्, नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ । साथै प्रचण्डले सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आउन अपिल गरेका छन् । प्रचण्डले सर्वोच्चले ऐतिहासिक फैसला गरेको भन्दै देशभरका कार्यकर्तालाई आआफ्नै किसिमले विजय जुलुस मनाउन आग्रह गरका छन् ।...
सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् । ‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् । उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च ...
पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, फागुन ११ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ । भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन् । भट्टराई उपचारका लागि आइतबार दिल्ली पुग्नु भएको हो ।...
पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेकी हुन् । नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।...
राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

आर्थिक, मुख्य समाचार
काठमाडौँ , फागुन ११ । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको रु आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५० करोड गरी विभाजन गरिएको छ । घटीमा रु ५० हजार र ...
कन्चनपुरमा फरुवा प्रहार गरी श्रीमान्को हत्या

कन्चनपुरमा फरुवा प्रहार गरी श्रीमान्को हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कन्चनपुर , फागुन ११ । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।” यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ...
तपाईको आजको दिन कस्तो रहनेछ ?

तपाईको आजको दिन कस्तो रहनेछ ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
मेष शुभकार्यको चर्चा चल्नेछ ।उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ । बृष आफ्नो निर्णय क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्पत्ती हानी हुने योग छ । मिथुन आज स्वस्थ्य समस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ । कर्कट आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । सिंह पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । कन्या शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । म...
भागरथी हत्या आरोपी भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

भागरथी हत्या आरोपी भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १० । भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ । हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको थियो । उक्त म्याद सकिएपछि पुनः थप ५ दिनको अनुमति लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो।  ...
सूचना र प्रविधिको विकास पहिलो प्राथमिकतामा छ :  सञ्चारमन्त्री गुरुङ

सूचना र प्रविधिको विकास पहिलो प्राथमिकतामा छ : सञ्चारमन्त्री गुरुङ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालले सूचना र प्रविधि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले यसमा मित्रराष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप र अनुभव उपयोगी हुने बताएका छन् । मन्त्री गुरुङले नेपालका लागि इजरायलका राजदूत हानान गोडरसँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा इजरायलले स्याटलाइट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएपछि सो धारणा व्यक्त गरेका हुन् । “सूचना र प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयननलाई प्राथमिकताका साथ अघि बढाएको छ”, उनले भने, “त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेका विकास नेपालका लागि अतिउपयोगी हुनेछ ।” उनले नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्ष पूरा हुने गरी सूचना र प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा...
विप्लव नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

विप्लव नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

मुख्य समाचार, राजनिती
काठमाण्डौ , फागुन १० । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा हुने भएका छन् । सर्वोच्च अदालतले उलाई रिहा गर्न आदेश दिएसँगै रिहा हुने भएका हुन् । न्यायधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो । उनलाई चौथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो ।...